२५ जेठ २०८३, सोमबार

नेपाल डिस्टीलरिज’ले बजारमा ल्यायो ‘न्यूड सुपेरियर भोड्का’

नेपाल डिस्टीलरिज’ले बजारमा ल्यायो ‘न्यूड सुपेरियर भोड्का’

नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेलाको पूर्वसन्ध्यामा सीपमा विद्यमान कमी विश्लेषण कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेश–स्तर र मध्य–स्तरका आवेदकहरूका लागि आधारभूत सीप, प्रवेश र मध्यम स्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ जनशक्ति लिँदाका चुनौतीलगायत विषयमा केन्द्रित रहेको थियो ।

यसैगरी दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक संस्थाहरुलाई सुझाव, रोजगारीका लागि नयाँ पुस्तामा हुनुपर्ने गुण एवं दक्षतालगायतका विषयमा पनि लक्षित समूहमा गहन छलफल तथा सुझाव संकलन गरिएको छ ।

विद्यमान सीपमा देखिएका कमी कमजोरी विश्लेषणमा सूचना प्रविधि, कृषि, आतिथ्यता लगायत क्षेत्रका ३० भन्दा बढी कम्पनी सहभागी थिए । कार्यक्रमको बौद्धिक साझेदार मिड भ्याली इन्टरनेशनल कलेज रहेको थियो ।

मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरु रोजगारीको खोजीमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग गरिरहेको पनि देखिन्छ ।

तर, एकातर्फ आवश्कता अनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजीमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको देखिन्छ ।

यस्तै कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था पनि विद्यमान छ । के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामन्जस्यता हुन सकिरहेको छैन ? यसका लागि निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छ ? भन्ने विषयमा केन्द्रित रहेर ‘सिएनआई रोजगार तथा सीप मेला’ आयोजना गर्न लागिएको छ ।

सिएनआई रोजगार तथा सीप मेलाले विभिन्न कम्पनी तथा कामको खोजीमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्नेछ । यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा बृहद छलफल पनि हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्