१० असार २०८३, बुधबार

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै
फाइल फोटो

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शुक्रवार विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएका छन् ।

उनका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा. केसीले अस्वीकार गरिरहेको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

डा. केसीको दिसामा रगत देखिने समस्या देखिएपछि अस्पतालमा भर्ना गरेपछि अहिले भने दिसामा रगतको देखा नपरेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै विगत ११ दिनदेखि कैलालीको धनगढीबाट अनसन शुरू गरेका डा. केसीको दिसामा रगत देखापरेको लगायतका समस्या उत्पन्न भएपछि असोज ६ गते बेलुका अस्पतालमा भर्ना गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्