१८ असार २०८३, बिहीबार

जागिर गुमेपछि १ हजार ३५० किलोमिटर टाढा घर जान पैदलै निस्किए यी बेरोजगार !

असोज ८, २०७९
जागिर गुमेपछि १ हजार ३५० किलोमिटर टाढा घर जान पैदलै निस्किए यी बेरोजगार !

मान्छे आपतविपत्मा परेपछि हिम्मत जुटाउँछ । एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसमा रोजगारी गुमेका एक व्यक्तिले १ हजार ३५० किलोमिटर पैदल हिँड्न हिम्मत जुटाएका छन् ।

थाइल्यान्डको बरीरामका ४२ वर्षीय चोई रोजगारीका लागि दक्षिणी प्रान्त सोङखला पुगेका थिए । तर त्यहाँ केही दिन बगैंचामा काम गरेपनि उनले नियमित रोजगारी पाउन सकेनन् । 

उनले गरिरहेको ज्यालादारी रोजगारी पनि गुम्यो । त्यसकारण उनी बेखर्ची भए । यतिसम्म कि घर जान उनीसँग पैसा भएनन् ।

रोजगारी नभएको, पैसा नभएको र भोकै बस्नुपर्ने अवस्था आएपछि उनी १ हजार ३५० किलोमिटर टाढा रहेको घर जान पैदल नै निस्किए । उनी ३०० किलोमिटर पैदल हिँडेर पथालङ प्रान्त पुगेका थिए, त्यतिबेला स्थानीय सैनिकले उनको समस्या थाहा पाए ।

सैनिकले समस्या बुझेपछि उनका लागि रेलको टिकट काटिदिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सैनिकले उनलाई ३ हजार रुपैयाँ नगद समेत दिएका थिए । उनी ७ महिना अगाडि रोजगारीका लागि घरबाट निस्किएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्