१० असार २०८३, बुधबार

कोसी राजमार्गको वन क्षेत्रमा फोहर फ्याँके पाँच हजार जरिवाना

कोसी राजमार्गको वन क्षेत्रमा फोहर फ्याँके पाँच हजार जरिवाना

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित उत्तर–दक्षिण कोसी राजमार्गको वन क्षेत्रमा फोहर फ्याँके रु पाँच हजार जरिवाना गरिने भएको छ । ढुङ्गेधारा र तुम्लिङटारबीच सालघारी वन क्षेत्रमा फोहर फ्याँके रु पाँच हजार जरिवाना गरिने डिभिजन वन कार्यालयले जनाएको छ । 

पछिल्लो समय मानिसले खाँदबारी–तुम्लिङटार सडकखण्ड छेउमा फोहर फालेपछि कुरूप बन्दै गएको भन्ने जनगुनासो बढेपछि त्यसलाई नियन्त्रण गर्न सूचना टाँस गरिएको छ । डिभिजन वन कार्यालय र मनकामना सामुदायिक वन उपभोक्ता समूहले संयुक्तरूपमा बोर्ड टाँसेर सूचना जारी गरेको डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख चन्द्रलाल राईले बताए । 

खाँदबारी बजारलगायतका मानिसले लुकिछिपी रातको समयमा ट्रयाक्टर र गाडीमा फोहर ल्याएर सडक छेउमा फ्याँक्ने गरेको स्थानीयको भनाइ छ ।  राजमार्ग आसपासको फोहर फ्याँक्ने क्षेत्रमा सार्वजनिक सूचना नै टाँस गरेर सचेत गराइएको हो । वन क्षेत्रमा कसैले अटेर गरेर फोहर फ्याँकेमा वन र वातावरणसम्बन्धी ऐन–नियमअनुसार कारबाही गरिने डिभिजन वन कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्