१७ असार २०८३, बुधबार

जापानमा नयाँ विदेश र रक्षामन्त्री

कात्तिक २०, २०७४
जापानमा नयाँ विदेश र रक्षामन्त्री

 


टोक्यो, १९ साउन - जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानमा बिहीबार नयाँ विदेशमन्त्री र रक्षामन्त्री नियुक्त गर्नुभएको छ । 

जापानको सरकारमाथि पछिल्लो समयमा विभिन्न विषयमा आलोचना गरिएको छ । ती आलोचनाहरुको खण्डन गरिरहनुभएका उहाँले बिहीबार नयाँ विदेश र रक्षामन्त्री नियुक्त गर्नुभएको राजधानी टोक्योबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

जापानको नयाँ विदेशमन्त्रीमा तारो कोनोलाई नियुक्त गरिएको पनि सोही समाचारमा जनाइएको छ । उहाँ जापानका पूर्व विदेशमन्त्रीको छोरा हुनुहुन्छ ।

त्यसैगरी जापानको नयाँ रक्षामन्त्रीमा इत्सुनोरी ओनोदेरालाई नियुक्त गरिएको छ । उहाँ जापानको पूर्व रक्षा सचिव हुनुहुन्थ्यो । 

जापानको रक्षामन्त्रीबाट तोमोमी इनादाले गत हप्ता राजिनामा दिनुभएको हो । जापानी प्रधानमन्त्री आबेको दलको गठबन्धनका रुपमा रहनुभएको उहाँले राजनीतिक विवादका कारण राजिनामा दिनुभएको बताइएको थियो । रासस÷एएफपी 

salt training

कमेन्ट गर्नुहोस्