०५ साउन २०८३, मंगलबार

‘प्रेम गीत ३’को सुखद् ओपनिङ, पहिलो दिन नेपाल र भारतमा कति कमायो ?

‘प्रेम गीत ३’को सुखद् ओपनिङ, पहिलो दिन नेपाल र भारतमा कति कमायो ?

शुक्रवारदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ले नेपाल र भारतमा सुखद् ओपनिङ गरेको छ । 

अन्य देशहरुमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ । 

प्रदर्शनको पहिलो दिन शुक्रवार चलचित्रले नेपालमा दुई करोड रुपैयाँको व्यापार गरेको हो । 

त्यस्तै, ‘प्रेमगीत ३’को हिन्दी संस्करणले भारतमा ९२ लाख भारु (नेपाली झन्डै डेढ करोड रुपैयाँ)को व्यापार गरेको चर्चित भारतीय समीक्षक तरण आदर्शले जनाएका छन् । 

भारतमा ५ सय पर्दामा प्रदर्शनमा आएको चलचित्रले सिमित शोजहरूका बाबजुत पनि सुखद् व्यापार गरेको आदर्शले फेसबुकमा उल्लेख गरेका छन् । उनका अनुसार शुक्रवार भारतमा टिकट दर पनि कम थियो ।

यस्तै, अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका देशको व्यापार पनि जोड्दा चलचित्रले पहिलो दिन ७ करोड ७५ लाख नेपाली रुपैयाँभन्दा बढीको व्यापार गरेको बलिउड हंगामाले जनाएको छ । 

चलचित्रले शनिवार अझ बढी ब्यापार गरेको वितरकहरूले बताएका छन् । 

यद्यपी, शनिवारको व्यापार विवरण भने आइतवार साँझमाझै सार्वजनिक हुन्छ । 

नेपाली चलचित्र पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएका हुन् ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ शीर्ष भूमिकामा छन् । 

साथमा, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउत, अनु्भव रेग्मी लगाउतको अभिनय छ ।
 

salt training

कमेन्ट गर्नुहोस्