
काठमाडौं, १९ साउन – गायिका रेश्मा बम्जनले नयाँ गीत ‘डम्फु र सेलो’ बोलको गीत बजारमा ल्याएकी छिन् । तामाङी लोकभाकाको उक्त गीतमा तामाङी संस्कृति जोडिएको छ ।
गीतको भिडियोमा रोशन र रोहनीलाई फिचरिङमा देख्न सकिन्छ । फुलकुमार बम्जनको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई सोनम पाख्रिनको निर्देशन गरेका छन् भने फणिन्द्र राईले संगीत संयोजन गरेका छन् ।