०२ साउन २०८३, शनिबार

खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारहरूलाई घरखेत नै जानेगरी जरिवाना नतिराउन नेता भट्टराईको आग्रह

खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारहरूलाई घरखेत नै जानेगरी जरिवाना नतिराउन नेता भट्टराईको आग्रह

नेकपा एमालेको राष्ट्रिय सभा संसदीय दलका नेता खिमलाल भट्टराईले स्थानीय तहको चुनावमा खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई धेरै जरिवाना तिराउन नहुने बताएका छन् । 

सोमवार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले विजयी भएका वा पराजित भएकाहरूलाई खर्च विवरण नतिरेको नाममा घरखेत नै बेच्दा पनि नपुग्ने रकम मागिएको भन्दै त्यस्तो गर्न नहुने बताएका हुन् । 

उनले भनेका छन्, पैसाभन्दा पनि पद्धति बसाउने र नियम पालना गराउने मुख्य कुरा हो । निर्वाचन आयोगले पुनः केही समय दिएर नियम पालना गराउनेतर्फ लाग्नु उत्तम हुन्छ  ।

salt training

कमेन्ट गर्नुहोस्