
काठमाडौं, १९ साउन — आजभोलि एउटा कम्प्युटर गेम बजारमा आएको छ । त्यसको नाम ब्लु ह्वेल गेम हो । यो आत्महत्या गर्न उक्साउने गेम हो ।

गेम खेल्ने व्यक्तिलाई अन्तिममा आत्महत्या गर्न लगाइन्छ ।
यो अनलाइन गेम रुसबाट शुरु भएको हो । गेम खेल्ने २५० किशोरहरूले आत्महत्या गरिसकेका छन् ।
यसलाई जो कोहीले खेल्न सक्दैनन् किनकि यसलाई डाउनलोड गर्न सकिँदैन । ह्वाट्सएप र फेसबूक प्रोफाइलमार्फत यो गेमको इन्भिटेसन लिंक पठाउन सकिन्छ । गेमका एडमिनहरूले नै यो गेम कसले खेल्छ भनी निर्धारण गर्छन् ।
यो गेममा १० देखि १८ वर्षसम्मका बालबालिकालाई निशाना बनाइन्छ । गेमको नियम बच्चाहरूले पालन गर्छन् भन्ने लागेपछि एडमिनले फेसबूक प्रोफाइलमार्फत गेम खेलाउँछन् ।
यो गेम ५० दिनसम्म खेलिन्छ । सबै दिन गेम खेल्ने बच्चालाई आफ्नो हातलाई ब्लेडले काटेर त्यसको फोटो एडमिनलाई पठाउन लगाइन्छ ।
त्यसपछि बच्चालाई बिहान छिट्टै उठेर हरर फिल्म हेर्न भनिन्छ । अनि बच्चालाई नजिकको कुनै अग्लो भवनको सबभन्दा माथि गएर कुनामा उभिन लगाइन्छ ।
दिनदिनै टास्क पूरा भएपछि हात काटेर ह्वेलको चित्र बनाउन भनिन्छ । यसबीच बच्चालाई कसैसँग कुरा नगर्न भनिन्छ ।
पचासौं दिनमा बच्चालाई तिमी अब ह्वेल बन्यौ भनिन्छ र कुनै अग्लो भवनबाट हामफालेर आत्महत्या गर्न लगाइन्छ ।
एजेन्सी