३१ जेठ २०८३, आइतबार

भाटभटेनीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

भाटभटेनीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

भाट–भटेनी सुपरमार्केटका ग्राहकहरूले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% –अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सकिने भएको छ । 

क्यासब्याक अफर नेपाल भरीका भाटभटेनीका शाखाहरूमा असोज ९ देखि २२ गतेसम्म उपलब्ध हुने कम्पनीले बताएको छ ।

डाइनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध नेपालपे क्यूआरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट वा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् । 

भाट–भटेनीमा नेपालपे क्यूआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । 

चाडपर्वको समयमा देशको सबै भन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

हाल नेपालपे क्यूआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, मोरू, कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ । 

भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट एपको क्यूआर स्क्यान स्क्रिनमा नेपालपेको लोगो रहेको यकिन गर्नुपर्ने कम्पनीले जनाएको  छ ।
 

salt training

कमेन्ट गर्नुहोस्