![रोचक प्रेमकथा : ६० वर्षीय पुरुषले गरे २० वर्षीया युवतीसँग बिहे [भिडियो]](https://lktcdn2.prixacdn.net/media/lovers_ltPa2Hg7Ma.png)
प्रेममा उमेरले कुनै फरक पार्दैन भन्ने उदाहरण दिँदै एक जोडीले ४० वर्षको उमेर अन्तरमा विवाह गरेका छन् ।
यूट्युबमा भाइरल भइरहेको एक अन्तर्वार्तामा पाकिस्तानका ती जोडीले उमेरको अन्तरलाई बेवास्ता गर्दै विवाह गरेका छन् ।
अन्तर्वार्ताअनुसार ६० वर्षीय अशरफ अली र २० वर्षीया अम्बरबीच विवाह भएको छ । दुवैले यूट्युबका लागि निर्धक्क अन्तर्वार्ता दिएका छन् ।
विवाहका लागि कुरा चल्दा शुरूमा अम्बरका घरपरिवारले इन्कार गरेका थिए तर पछि विवाहका लागि राजी भए । अशरफले कस्मेटिक पसल सञ्चालन गरेका थिए, जहाँकी ग्राहक थिइन् अम्बर । पसले र ग्राहकबीच निकटता बढ्दै गएर प्रेम भएको प्रेमकथा अन्तर्वार्तामा छ । शुरूमा अम्बरले नै अशरफलाई प्रेम प्रस्ताव राखेका थिइन् ।