![‘ग्लोबल सिटिजन फेस्टिभल’ मा निक–प्रियंकाको रोमान्टिक केमेस्ट्री : चुम्बन गरेको तस्वीर भाइरल [फाेटाेसहित]](https://lktcdn2.prixacdn.net/media/priyanka_baner_rmAkaWAHVx.jpg)
भारतीय अभिनेत्री प्रियंका चोपडा र निक जोनस बलिवुड तथा हलिवुडमा समेत सबैभन्दा लोकप्रिय जोडीमध्ये एक हुन् । दुवैले एक–अर्कासँग ‘धेरै क्वालिटी टाइम’ बिताएको देखिन्छ । जसको तस्विर प्रायः सोशल मिडियामा भाइरल हुन्छ ।
गत शनिवार न्युयोर्कमा आयोजित ‘ग्लोबल सिटिजन लाइभ फेस्टिभल’ मा प्रियंका श्रीमानसँग पुगेकी थिइन् । यहाँ उनले स्टेजमा आएलगत्तै निकलाई किस गरिन्, जसको तस्वीर अहिले इन्टरनेटमा निकै भाइरल भइरहेको छ ।
प्रियंका चोपडाले सेन्ट्रल पार्कमा ग्लोबल सिटिजन फेस्टिभल आयोजना गरेकी थिइन् । कार्यक्रममा, निक जोनासले जोनास ब्रदर्स र मारिया केरीसँग प्रत्यक्ष प्रस्तुति दिएका थिए ।
यस क्रममा प्रियंका मल्टिप्रिन्टेड प्यान्टसूटमा निकै सुन्दर देखिएकी थिइन् । त्यही क्रममा निक रातो प्यान्ट र शर्टमा ड्यासिङ देखिए ।
स्टेजमा, प्रियंका निकसँग धेरै रोमान्टिक देखिएकी थिइन् र खचाखच भरिएको भीडको बीचमा आफ्ना पतिलाई चुम्बन गरिरहेको देखियो । यी जोडीका तस्बिरहरु इन्टरनेटमा निकै भाइरल भइरहेका छन् ।
वर्कफ्रन्टमा, प्रियंका चोपडासँग ‘इट्स अल कमिङ ब्याक टु मी’, रुसो ब्रदर्सको वेब सिरिज ‘सिटाडेल’ र ‘एन्डिङ थिंग्स’ जस्ता आगामी प्रोजेक्टहरू छन् ।
यसबाहेक उनी छिट्टै बलिउड फिल्म ‘जी ले जरा’ मा पनि देखिनेछिन् । यसमा उनी आलिया भट्ट र कट्रिना कैफ देखिनेछन् ।




