
स्पेन, १९ साउन — नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्पेनमा भएका सबै नेपाली महिलाहरूलाई गैरआवासीय नेपाली संघ, महिला फोरम स्पेनले तीज विशेष कार्यक्रममा सहभागिताका लागि विशेष आग्रह गरेको छ । 
बुधवार एनआरएन भवनमा भएको महिला फोरमको बैठकले आगामी अगस्ट २३ मा आर्क दे त्रुएम्फ (पार्के दे ला सिउतादेला) मा तीज विशेष कार्यक्रम आयोजना गर्ने महिला फोरमकी संयोजक रिता ढुङ्गाना रेग्मीले बताइन् ।
महिला फोरम स्पेनले विगतमा जस्तै तीज विशेष कार्यक्रममा महिला दिदी, बैनी, आमाहरूलाई व्यापक सहभागिता जनाउन आग्रह समेत गरेकी छन् ।
एनआरएनए सामाजिक संस्था भएकाले सबैलाई कार्यक्रममा सहभागिता जनाएर सहयोग र रोचक बनाउँदै रमाइलो गर्न विशेष अनुरोध गरेकी छन् ।
हरितालिका तीज महिलाहरूको भएकाले विशेष रूपमा भव्य र सभ्य रूपमा सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध समेत उनले गरेकी छन् ।

कार्यक्रममा सहभागी सबैलाई खाना व्यवस्थापनको जिम्मा हिमालय रेस्टुरेन्टलाई दिएको महिला फोरमले जनाएको छ ।
समुद्रपारि रहेका हामी दिदी, बैनी, आमा एक दिन बिदा मिलाएर भएपनि गोलबद्ध भई रमाइलो गर्नुपर्ने महिला फोरम संयोजक रिता ढुङ्गाना रेग्मीले लोकान्तरलाई बताइन् ।
ढुङ्गाना भन्छिन्, ‘स्पेनवासी नेपाली तथा नेपाली संस्कृति र पर्व बुझेका स्पेनिस महिलाहरूलाई पनि कार्यक्रममा सहभागिता जनाउन संघकी संयोजकले रिता ढुङ्गाना रेग्मीले अनुरोध गरेकी छन् ।
महिला फोरमले स्पेनमा बस्ने सबै महिला दिदीबैनी आमाहरू र स्पेनिस महिलाहरूलाई यसै सूचनामार्फत पनि आग्रह गरेकी छन् ।