०९ साउन २०८३, शनिबार

एक्कासी के भयो बाबुरामलाई ? अस्पतालमा अपरेसन हुँदै

कात्तिक २०, २०७४
एक्कासी के भयो बाबुरामलाई ? अस्पतालमा अपरेसन हुँदै

काठमाडौं, २० साउन– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईको आज प्रोस्टेट ग्रन्थीको अपरेसन (शल्यक्रिया) गरिने भएको छ ।

लामो समयदेखि पिसाबसम्बन्धी समस्याले थलिएका भट्टराईको भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा प्रोस्टेट ग्रन्थीको अपरेशन हुन लागेको हो । डा. राजेश बर्माको टोलीले शुक्रबार साँझ ४ बजे भट्टराईको अपरेसन गर्ने जनाइएको छ ।

प्रोस्टेट पुरुष जनेन्द्रीय प्रणालीको एउटा महत्वपूर्ण भाग मानिन्छ । प्रोस्टेट ग्रन्थी मांसपेशी, कोष र तन्तुहरुले बनेको हुन्छ । प्रोस्टेट ग्रन्थी सुनिने समस्याका कारण भट्टराईले एक वर्षदेखि औषधि सेवन गरिरहेका थिए ।

तर औषधिले पनि ग्रन्थी नघटेपछि आज अपरेसन गर्न लागिएको जनाइएको छ । यो ग्रन्थी बढ्दा छिटो छिटो पिसाब लाग्ने, पिसाब पोल्ने लगायत समस्या हुन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्