
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद छक्कबहादुर लामा एमाले प्रवेश गर्ने भएका छन् ।
अघिल्लोपटक माओवादीले टिकट नदिएपछि बागी उठेर जितेका लामा पछि माओवादीमै समाहित भएका थिए ।
अहिले टिकट वितरणका क्रममा किचलो भएपछि लामा एमाले प्रवेश गर्न लागेका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमवार विशेष कार्यक्रमका बीच लामालाई पार्टीमा स्वागत गर्ने तयारी भएको एमाले स्रोतले जनाएको छ ।
स्वतन्त्र उठेर समेत चुनाव जितेका लामाको बहिर्गमनले माओवादीलाई हुम्लामा ठूलै घाटा लाग्ने विश्लेषण गरिएको छ ।