१० असार २०८३, बुधबार

निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस् : पूर्वअध्यक्ष रेग्मी

निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस् : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गरेका छन् ।    

वडादसैँको अवसरमा दिएको सन्देशमा पूर्वअध्यक्ष रेग्मीले निर्वाचनले राजनितिक दल र जनतालाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले नवदुर्गा भवानीबाट त्यसका लागि सबैलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् । 

पूर्वप्रधानन्यायाधीश रेग्मीले भनेका छन्,'निर्वाचन भनेको मतदाताको हात माथि हुनु हो । मतदान गरे पछि पछुताउनुको कुनै अर्थ हुँदैन । अवको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो ।'

 उनले बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको  विजयादशमीका अवसरमा सवै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्