×

NMB BANK
NIC ASIA

लोप हुने अवस्थामा श्यामा कपडा

असोज १७, २०७९

NTC
Premier Steels

तामाङ र ह्योल्मो समुदायका महिलाहरूले प्रयोग गर्ने मौलिक भेशभूषा श्यामा कपडा यो समुदायमा लोकप्रिय मानिन्छ । श्यामा बुनेर नै जीवन चलाएका वृद्धा महिलाहरूको परम्परागत सीपलाई नयाँ पुस्ताले बेवास्ता गरेपछि भने यो पेशा नै लोप हुने अवस्थामा पुगेको छ । हातले बुनिएको श्यामा कपडा हिजोआज मुस्किलले मात्र पाइन्छ ।

Muktinath Bank

सिन्धुपाल्चोकको विकट बस्ती पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मानेखर्कका स्थानीयवासीले कुनै समयमा प्रत्येक घरधुरीमा श्यामा कपडा उत्पादनका लागि तान बुन्ने गर्थे । तर अहिले दुई चार घरमा मात्र पाका पुस्ताका महिलाहरूले श्यामा बुनेर आफ्नो दैनिकी कटाउने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजारमा हातले बुनेको श्यामा कपडाको माग धेरै भए पनि परम्परागत सीपलाई नयाँ पुस्ताले बेवास्ता गर्दा मागबमोजिमको उत्पादन हुन नसकेको स्थानीयवासी ग्याल्मु लामा बताउँछन् । 


Advertisment
Nabil box
Kumari

मशिनबाट बनाइएको श्यामा कपडा गाउँघरमा भित्रिनाले पनि हाते बुनाइ ओझेलमा परेको हो । तर तान लगाएर हातले बुनेको श्यामा जस्तो गुणस्तरीय नभएपछि कतिपय ग्राहक हातले बुनेको श्यामा खोज्दै घरसम्मै आउँछन् । 

Vianet communication

एक पटकको तानबाट १२ वटासम्म श्यामा बुन्न सकिन्छ । तान बुन्नका लागि आवश्यक पर्ने हाते सामग्रीहरु सबै गाउँघरमै पाइने काठ, बाँस, मुढाबाट तयार गरिन्छ । 

यो कपडाबाट श्यामा मात्र नभई झोला, थैली जस्ता विभिन्न सामग्री बनाउन सकिने अर्का स्थानीयवासी बाबुराम लामाको भनाइ छ ।

यहाँ उत्पादन भएको श्यामा कपडा गाउँपालिकाभित्रका गुन्सा, भोताङ, बरुवा, बासखर्क, जुगल गाउँपालिकाको तेम्बाथाङ, गुम्बाथाङलगायत भारत, बेलायत, अमेरिकामा रहेका तामाङ समुदायमा अत्यधिक माग हुने गरेको छ । शुरूआतमा एउटा श्यामाको मूल्य रु एक सय ८० थियो । 

अहिले रु एक हजार आठ सयदेखि दुई हजार दुई सयसम्म पर्छ । वृद्ध भएसँगै तान बुन्नेको सङ्ख्या कम हुँदै गएपछि पछिल्लो पुस्ताले श्यामा भनेको नै के हो भनेर बिर्सिन्छ की भन्ने चिन्ता व्यक्त गर्छन् स्थानीय नोर्चिन लामा ।

परम्परागत पेशालाई संरक्षणका लागि स्थानीय तहले युवा पुस्तालाई आकर्षित गर्न तालिमको व्यवस्था र नयाँ पुस्ताले यसको महत्त्व बुझेर निरन्तरता दिए आम्दानीको राम्रो स्रोत हुने र श्यामा व्यवसाय पनि लोप नहुने स्थानीयवासी बताउँछन् । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x