
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तन सम्बन्धीका कार्यक्रमलाई प्राथमिकतामा राख्न विश्वमा सबै देशलाई आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसंघीय मुख्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्राथमिकतामा राख्न आग्रह गरे ।
उनले भने, ‘अहिले विश्वमा जलवायु परिवर्तनका कारण विभिन्न देशहरूमा ठूलो समस्या देखा परिरहेको छ, त्यसैले सबै देश र विशेषगरी जी२० का सदस्य राष्ट्रहरूले यस विषयमा ध्यान दिनुपर्छ ।’
संयुक्त राष्ट्रसंघीय जलवायु सम्बन्धी सम्मेलन कोप २७ का लागि विश्वका देशहरुले एजेण्डा बनाइरहेको बताउँदै ती एजेण्डामा जलवायु परिवर्तनलाई आवश्यक मात्रामा प्राथमिकतामा राख्न उनले आग्रह गरे ।
इजिप्टको सराम आल सेख सहरमा आगामी नोभेम्बर महिनाको ६–१८ तारिखसम्म विश्व जलवायु सम्बन्धी सम्मेलन कोप २७ हुने भएको छ । सम्मेलनमा विश्वका विभिन्न देशहरुले जलवायु परिवर्तन सम्बन्धी आफ्ना एजेण्डा र प्राथमिकताहरू निर्धारण गरिरहेका बताइएको छ ।
संयुक्त राष्ट्रसंघले यसअघि पनि विश्वका आफ्ना सदस्य देशहरूलाई जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धमा आ–आफना देशका बजेट एवं नीति तथा कार्यक्रमहरू प्राथमिकताका साथ निर्माण गर्न आग्रह गरिरहेको थियो ।
आगामी यस विश्व सम्मेलनमा पनि यसै विषयमा संयुक्त राष्ट्रसंघले विश्वका आफ्ना सदस्य देशलाई आग्रह गर्ने भएको पनि समाचारमा जनाइएको छ ।