×

NMB BANK
NIC ASIA

मूर्ति विसर्जन र जल भर्ने क्रममा बर्सेनि मानिसको मृत्यु, छैन सुरक्षा व्यवस्था

असोज १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मूर्ति विसर्जन र जल भर्ने क्रममा नदीमा डुबेर बर्सेनि मानिसहरूको मृत्यु हुने गरेको छ । मर्चवारको दुई मोहानघाटमा धार्मिक मान्यताअनुसारको मूर्ति विसर्जन र जलभर्ने क्रममा डुबेर बर्सेनि मानिसहरूको मृत्यु हुँदा सुरक्षा र बचाउका लागि प्रभावकारी पहल भने भएको छैन ।

Sagarmatha Cement
Muktinath Bank

विसं २०७८ असोज ३० गते शनिवारका दिन दुर्गामूर्ति विसर्जनका लागि गएका कोटहीमाई–४, कदमहवाका १९ वर्षीय अनिल कुर्मी खेल्दा–खेल्दै नदीमा डुबे । दशैंमा पूजाका लागि बनाइएको दुर्गामूर्ति विसर्जनका क्रममा दिउँसो २ बजे बेपत्ता भएका उनको शव सोही दिन राति ८ बजे फेला परेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०७७ असोजमा पनि कोटहीमाई–५ स्थित सोही ठाउँमा डुबेर अर्को एकजनाको मृत्यु भएको थियो । साथीहरूको लहैलहैमा दुर्गामूर्ति विसर्जनका लागि गएका सम्मरीमाई–६ महदेइयाँका सोही उमेर समूहका मुकेश कुर्मी हेर्दाहेर्दै बेपत्ता भई डुबेको २० घण्टापछि मात्र स्थानीयवासीले उनको शव फेला पारेका थिए । 


Advertisment
Nabil box
Kumari

विसं २०७६ मा कोटहीमाई–१ पुर्निहवाबाट मूर्तिस्थापनाका लागि जल भर्न गएको टोलीसँगै रहेका एक भारतीय युवकको डुबेर मृत्यु भएको थियो । प्रहरीको रेकर्डलाइ हेर्ने हो भने सोही वर्ष कोटहीमाई–५, भंगहियाका करूणा चौबेका छोरा १८ वर्षीय मुनिक्का चौबे र २०७५ सालमा जल भर्ने क्रममा कोटहीमाई–५ का एक बालिकाको डुबेर मृत्यु भएको थियो ।

Vianet communication
Laxmi Bank

यसरी सो ठाउँमा डुबेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दो छ । सोही ठाउँमा डुब्दै गर्दा उद्धार भई ज्यान बाँचेकाहरुको संख्या पनि उत्तिकै छ । विसं २०७५ मा गैडहवा गाउँपालिकाकी २० वर्षीय एक युवतीलाई डुब्दै गर्दा उद्धार गरिएको र अन्य धेरैलाई पौडीबाजहरूले उद्धार गरी ज्यान जोगाएको स्थानीय सञ्चारकर्मी मुकेश चौधरीले बताए । 

‘धार्मिक प्रयोजनका लागि जल भर्ने कार्य होस् या मूर्ति विसर्जनलगायतका कार्यक्रम, बर्सेनिजसो एक वा दुईजनाको एउटै ठाउँमा डुबेर मृत्यु भइरहँदा स्थानीय सरकारको व्यवस्थापनमाथि प्रश्न तेर्सिन्छ’, कोटहीमाई–५ तेलियागढका राजेन्द्र यादवले भने, ‘स्थानीय सरकारसँगै स्थानीय प्रहरी प्रशासनसमेतले यसको जिम्मेवारी लिनुपर्छ ।’

धार्मिक प्रयोजनका लागि भन्दै जलभर्ने क्रममा सोही ठाँउमा बर्सेनि युवा युवतीहरू डुबेर मृत्यु भइरहँदा केहीको उद्धार गर्न सकिए पनि धेरैलाई बचाउन सकिएको छैन । कम्तीमा पनि बर्सेनि एक या दुई जनासम्मको ज्यान जाने गरेको इलाका प्रहरी कार्यालय मर्चवारको भनाइ छ ।

दानव र तिनाउ नदीको संगमस्थल भएको त्यो ठाउँमा पानीको गहिराइ र बहाव उच्च छ । कुनै पनि कारणले नदीको पानीमा डुब्ने जो कोहीको पनि ज्यान जोगिने सम्भावना कमै हुन्छ । त्यसैले सो ठाउँ सबैका लागि जोखिमपूर्ण रहेको भन्दै इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी नायब निरीक्षक एनपी साउदले त्यसो हुन नदिन यस वर्ष स्थानीय पालिकासित सहकार्य गरेर व्यवस्थित गर्ने बताए । 

जिम्मेवार निकायले सुरक्षा ताथ बचाउका लागि गम्भीर बन्नुपर्ने आग्रह गर्दै सामुदायिक विपत् व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले भने, ‘यति भन्दैमा हामी आम नागरिक पनि हाम्रा कर्तव्यबाट विमुख हुन मिल्दैन । जोखिमपूर्ण ठाउँमा मूर्ति विसर्जनलगायतको कार्य गर्न रोक लगाई अलि कम पानी भएको ठाउँमा सतर्कताका साथ मात्र गर्न दिनुपर्छ ।’

‘अभिभावकले पनि आफ्ना बच्चालाई जोखिमयुक्त ठाउँमा जानीजानी जान दिनु भनेको मृत्युको मुखमा धकेल्नु हो भन्दा फरक पर्दैन’, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भने, ‘मैले मातहतका प्रहरी कार्यालयहरुलाई सहयोग, सुरक्षा र उद्धारका लागि आवश्यक निर्देशन दिएको छु ।’ दशैं तिहारलक्षित जनचेतनामूलक कार्यक्रमहरू पनि भएको उनले बताए । 

‘हामीसँग विज्ञ जनशक्ति छैन, चाडपर्वका बेला प्रायः मानिसहरू उत्तेजित रहन्छन्, त्यसैले सक्दो प्रयासका बावजुद घटनाक्रम रोक्न नसकिनु निकै नै दुःखद हो’, कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले भने, ‘खुशी साटासाट गर्नुपर्ने चाडपर्वका बेला त्यस ठाउँमा बर्सेनि मान्छे डुबेर मृत्यु हुने गरेकोले यस वर्ष त्यस्तो हुन नदिन विशेष व्यस्था गरिने छ ।’ रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x