०१ असार २०८३, सोमबार

सोमवार ग्रहण लाग्ने दिन, यस्तो मन्त्र जपे हुनेछ धन प्राप्ती

कात्तिक २०, २०७४
सोमवार ग्रहण लाग्ने दिन, यस्तो मन्त्र जपे हुनेछ धन प्राप्ती

मन्त्र सिद्धिका लागि सबैभन्दा उत्तम समय ग्रहण लागेको समयलाई मानिन्छ । ग्रहण कालमा कुनै पनि एक मन्त्र, जसको सिद्धि गर्नुहोस् अथवा विशेष प्रयोजनका लागि सिद्धि गर्नुपर्ने होस्, तपाई जप्न सक्नुहुन्छ ।

ग्रहण कालमा मन्त्र जप्नका लागि मालाको आवश्यकता पर्दैन । बरु समयको महत्व हुन्छ ।

यसपटक २३ साउन सोमबार खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । यो ग्रहण १ घण्टा ५५ मिनेटसम्म लाग्ने छ । जब ग्रहण सुरु हुन्छ, मन्त्र जप्ने कार्यपनि सुरु गर्नु पर्दछ । साथै ग्रहण सकिएसँगै मन्त्र जप्न पनि छाड्नुपर्दछ ।

ग्रहण सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने छ भने मध्यराति १ बजेर ३ मिनेटमा समाप्त हुने छ ।

यदि तपाइका शत्रुको संख्या धेरै छ र तपाई त्यसबाट पीडित हुनुहुन्छ भने बंगलामुखीको मन्त्र जप्न सक्नुहुन्छ । जो यसप्रकार छ ।

ॐ ह्लीं बगलामुखी देव्यै सर्व दुष्टानाम वाचं मुखं पदम् स्तम्भय जिह्वाम कीलय-कीलय बुद्धिम विनाशाय ह्लीं ॐ नम:।

वाक् सिद्धिका लागिः

ॐ ह्लीं दूं दूर्गाय: नम:

लक्ष्मी (धन) प्राप्तीका लागि तान्त्रिक मन्त्रः

ॐ श्रीं ह्लीं क्लीं ऐं ॐ स्वाहा:।

नोकरी एवं व्यापारमा बृद्धिका लागि निम्नलिखित मन्त्रलाई ग्रहणअवधिसम्म लगातार जप्नुहोस्ः

ॐ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद-प्रसीद श्रीं ह्रीं श्रीं महालक्ष्म्यै नम:।

मुद्दा जित्नका लागिः

ॐ ह्लीं बगलामुखी सर्वदुष्टानां वाचं मुखं पदं स्तंभय जिह्ववां कीलय बुद्धि विनाशय ह्लीं ओम् स्वाहा।। 

यो मन्त्रमा उल्लेख ‘सर्वदुष्टानां’ को ठाउँमा जसबाट छुटकरा पाउनुपर्ने हो उसको नाम उच्चारण गर्नुहोस् ।

कुनै पनि मन्त्र तब मात्रै सफल हुन्छ, जब तपाईमा पूर्ण श्रद्धा तथा विश्वास हुन्छ । कसैको नराम्रो सोच्ने व्यक्ति मन्त्र सिद्धि प्राप्त गर्न सक्दैनन् । मन्त्र जप्ने समयमा बास्नादार अगरबत्ती प्रज्ज्वलित गर्नुहोस् । यसबाट मन एकाग्र भएर जपमा मन लाग्नेछ साथै ध्यान अन्त मोडिने छैन ।

salt training

कमेन्ट गर्नुहोस्