२९ जेठ २०८३, शुक्रबार

सर्वसाधारणद्वारा एकान्त कुमारीको हातबाट टीका ग्रहण

सर्वसाधारणद्वारा एकान्त कुमारीको हातबाट टीका ग्रहण

विजया दशमीको अवसरमा आज भक्तपुरको तलेजुमा जीवित देवीको रुपमा पुजिँदै आएकी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो लागेको छ । 

एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका हुन् । कुमारीको हातबाट टीका लगाए पछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताए । कुमारीले साइतको टीका लगाए पछि कुमारीको हातबाट टीका लगाउन सर्वसाधारण तलेजु पुगेका छन् ।

अपराह्न ४ बजेदेखि सर्वसाधारणका लागि टिका लगाउन खुला गरिएको थियो । साँझ छ बजेसम्म कुमारीले सर्वसाधारणलाई टीका लगाइदिएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्