×

NMB BANK
NIC ASIA

वालिङमा कोसेली घर स्थापना

असोज १९, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

स्याङ्जाको वालिङमा कोसेली घर स्थापना गरिएको छ । ‘हरित पुनःउत्थान तथा कोभिड–१९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’अन्तर्गत वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिमार्फत कोसेली घर स्थापना गरिएको हो ।

Muktinath Bank

वालिङ तथा आसपासका क्षेत्रका महिला उद्यमीले उत्पादन गरेका हस्तकलाका सामग्रीलाई कोसेली घरमा बिक्रीका लागि राखिने महिला उद्यमी विकास समितिका अध्यक्ष कविता भुसालले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्थानीय स्तरमा खेर गइरहेका सामग्रीको सदुपयोग गर्दै व्यावसायिक उत्पादनतर्फ जोड दिने र उद्यमीले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि कोसेली घरमा राखिने छ’, उनले भनिन्, ‘महिलालाई उत्पादनसँग जोड्न र विक्रीपश्चात् आर्थिक लाभ लिन पनि सहज हुने छ ।’


Advertisment
Nabil box
Kumari

महिलाहरु पछिल्लो समय उद्यमशिलतातर्फ अग्रसर हुँदै गएकाले पनि यसले थप व्यावसायिक बन्न प्रेरित गर्ने बुझाइ वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं केन्द्रीय सदस्य शोभाकान्त पौडेलको छ । महिला उद्यमीले आ–आफ्नो घर तथा फर्ममा उत्पादन गरेका सामग्री कोसेली घरमा ल्याउने र त्यहीमार्फत विक्री वितरणको व्यवस्थापन मिलाइने उनले बताए । 
‘महिलाले उत्पादन गरेका सामग्री कोसेली घरमा प्रदर्शनमा राख्छौँ’, उनले भने, ‘जुन सामग्रीको माग उपभोक्ताबाट हुन्छ, सोही विक्री गर्ने व्यवस्था मिलाएका छौँ, उत्पादकले ग्राहक र ग्राहकले उत्पादक खोज्दै हिँड्नुपर्ने अवस्था छैन ।’ महिला उद्यमीको सक्रियता र उत्साह बढ्दै गएको उनले बताए । जतिसक्दो धेरै परिमाणमा गुणस्तरीय सामग्री उत्पादन गर्नतर्फ लाग्न उनले सुझाव दिए । 

Vianet communication
Laxmi Bank

नगरपालिकालाई समृद्ध नगर बनाउनका लागि पहिला यहाँका नागरिक समृद्ध हुनुपर्ने तर्क वालिङ नगर उपप्रमुख कविता तिवारी गैरेको  छ । ‘प्रत्येक परिवार आर्थिकरुपमा सवल र सक्षम भए मात्रै नगर समृद्धितर्फ अगाडि बढ्छ’, उनले भने, ‘नागरिकलाई सवल र सक्षम बनाउनका लागि नगरपालिकाले योजना बनाउँछ, यसमा नागरिकको पनि उत्तिकै साथ र सहयोग आवश्यक पर्छ ।’

महिला उद्यमीले उत्पादन गरेका सामग्रीको उत्पादन र बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने उनले बताए । वालिङमा विशेष गरी ढाका बुनाई, गुरुङ, मगर समुदायका पोशाक, डल, कुसन, रुमाल, माला, चुरा पोतेसहित उत्पादन हुन्छन् । खाद्यान्न तथा सजावटका सामग्रीसमेत उत्पादन गरिँदै आएका छन् । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x