×

NMB BANK
NIC ASIA

तपाईंको हात सुन्दर छ भने आकर्षक तलब भएको जागिरको ‘अफर’ !

असोज १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईंले विभिन्न प्रकारका कामहरू देख्नु र सुन्नु भएको होला । कहिलेकाहीँ हामी आफ्नो कामलाई गाह्रो र अरूको कामलाई सजिलो ठान्छौँ । एकै समयमा, धेरै पटक हामी त्यस्ता कामहरूको बारेमा पनि सुन्छौँ, जुन पूर्ण रूपमा फरक छन् । उदाहरणका लागि, बन्दागोभी टिप्ने मात्रै लाखौंको प्याकेज पाउने जागिर वा घरमै बसेर टिभी हेर्ने जागिर । सुत्दा पनि पैसा कमाउने जागिर मिल्छ । यतिबेला पनि यस्तै कामको चर्चा छ, जसमा ग्राहकले आफ्नै हातले अंगुर खुवाएर मात्र पैसा पाउनेछन् ।

Muktinath Bank

पहिलेको जमानामा हातले फलफूल काटेर राजा र सम्राटहरूलाई खुवाउने नोकरहरू थिए, तर अहिलेको अवस्थामा यी शाही शौखहरू कहाँ सम्भव छन् । तर, बेलायतको एउटा रेष्टुरेन्टमा यस्तै कामका लागि आवेदन मागिएको छ, जसमा कर्मचारीले अंगूर टिपेर आफ्ना सुन्दर हातले ग्राहकलाई खुवाउनुपर्ने हुन्छ । यो कामको बदलामा राम्रो तलब र सुविधा पनि दिइनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जागिरमा के गर्ने ?


Advertisment
Nabil box
Kumari

नामले नै देखाउँछ, काम अंगूर खुवाउने हो, जसको लागि पत्रपत्रिकामा विज्ञापन पनि दिइन्छ । मिररको रिपोर्टका अनुसार बेलायती व्यापार व्यवसायी रिचर्ड केयरिङको स्वामित्वमा रहेको लण्डनको पोश रेस्टुरेन्ट ब्याचनालियामा यो ‘भ्याकेन्सी’ आह्वान गरिएको हो । ‘ग्रेप फिडर’को काम पाएको व्यक्तिले रेस्टुरेन्टमा आउने ग्राहकलाई हातले अंगूर खुवाउनुपर्नेछ । यसरी तिनीहरूले ग्राहकहरूलाई पुरातन रोम र ग्रीसको शाही दिनहरू सम्झाउनेछन् । यो भव्यता र विलासिताको मिश्रण हुनेछ ।

Vianet communication
Laxmi Bank

जागिरका लागि सर्त : सुन्दर हात 

अब ग्रेप फिडरको काम गर्ने व्यक्तिको हात भने सुन्दर हुनुपर्ने सर्त राखिएको छ । अर्थात सुन्दर हात भएका उम्मेदवारले मात्रै आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । जागिरका लागि छनोट भएका उम्मेदवारहरूले राम्रो तलब मात्र पाउने छैनन्, दैनिक राम्रो खाना र पेय पनि दिइनेछ । काम हातैको भएकोले ‘मैनीक्योर’को सुविधा पनि नियमित उपलब्ध हुनेछ । यो विज्ञापनलाई लिएर सामाजिक सञ्जालमा प्रतिक्रियाहरु आइरहेका छन् । केही मानिसहरूले यसलाई विलासी भनेका छन् भने, कसैले यो जागिर बिल्कुल मन नपरेको बताइरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x