१० असार २०८३, बुधबार

आगामी ३ दिनसम्म यी नदीहरूमा बढ्न सक्छ बहाव, यस्तो छ पूर्वानुमान

आगामी ३ दिनसम्म यी नदीहरूमा बढ्न सक्छ बहाव, यस्तो छ पूर्वानुमान

आगामी तीन दिन नारायणी, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा बहाव उल्लेख्य बढ्ने मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । 

केही नदीहरूमा खतराको तहसम्म पुग्न सक्ने पूर्वानुमान समेत गरिएको छ ।

बाढी सूचना केन्द्रले आज बिहान एक सूचना जारी गर्दै आगामी तीन दिनसम्मको पूर्वानुमान गरेको हो । 

सूचनाअनुसार आज पश्चिम राप्ती, बबई, तिनाउ र तिनका सहायक नदीहरूमा पानीको बहाव खतरा तह आसपास पुगेको छ । यी नदीहरूमा बाढीको बहाव बढ्दो क्रममा छ ।

यसैगरी कोशी, कर्णाली, नारायणी, महाकाली, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती र तीनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल सामान्य अवस्थामा छ ।

आज बागमती प्रदेशको चितवन, रुकुम पूर्वबाहेक लुम्बिनी प्रदेशका सबै जिल्ला, गण्डकी प्रदेशका नवलपरासी पूर्व, तनहुँ र स्याङ्जा तथा कर्णाली प्रदेशको जाजरकोटका नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

यसैगरी झापा, मोरङ, सुनसरी, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङका नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान छ । 

यसैगरी बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलाका नदीहरूमा पनि बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान छ ।

असोज २१ गते भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने अधिकांश नदीहरूमा बहाव उल्लेख्य बढ्ने बाढी सूचना केन्द्रले जनाएको छ ।

यस्तो छ तीन दिनको बाढी पूर्वानुमान

salt training

कमेन्ट गर्नुहोस्