१६ असार २०८३, मंगलबार

अमलेखगञ्ज बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो

असोज २०, २०७९
अमलेखगञ्ज बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगञ्जमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

बिहीवार विहान नारायणघाटबाट हेटौंडा हुँदै वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस अनियन्त्रित भई ३ नम्बर पुल नजिकै मोडको सडकबाट करीब सय मिटर तल खसेको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा ल्याइएकोमा १४ जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

दुर्घटनामा घाइते भएर हेटौंडा अस्पताल ल्याइएका ५ महिला तथा ७ पुरुष गरी १२ जना तथा चुरेहिल अस्पतालमा १ जना र मकवानपुर सहकारी अस्पतालमा १ जना गरी १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

बस दुर्घटनामा घाइते अधिकांशको अवस्था गम्भीर रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्