
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
दुर्घटनामा मृत्यु हुनेमा ९ पुरुष र ६ महिला रहेका छन् ।
चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।
गम्भीर घाइतेको ३ जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । घाइतेको हेटौंडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेकोे छ ।
घाइते केहीलाई थप उपचारका लागि चितवन लगिएको छ । मृतकको सनाखत हुन बाँकी छ ।