
नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ ।
नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको स्थानीय अधिकारीले जनाएका छन् ।
अधिकारीहरूका अनुसार मे महिनाबाट शुरू भएको मनसुनबाट अहिलेसम्ममा ७५ जनाको ज्यान गएको हो ।
भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ती व्यक्तिको निधन भएको छ ।
योबे राज्यका प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी प्रमुख मोहम्मद गोजेले दिएको जानकारीअनुसार बाढीबाट भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ ।
बाढीबाट २०० जना घाइते भएका छन् । अरु कैयौं व्यक्ति हराएका पनि बताइएको छ ।
बाढीले यहाँका केही डुंगा हराएका छन् भने नागरिकको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । कतिपय राज्यमा घर भत्काएको र घर बगाएको विपत व्यवस्थापन विभागले जनाएको छ ।