×

X
Nic Asia
Khukuri

पृ‌थ्वी राजमार्गमा जताततै पहिरो, यात्रा गर्नुअघि एकपटक सोच्नुस्

धादिङ | असोज २०, २०७९

NTC
Argakhanchi Cement
सांकेतिक तस्वीर
Premier Steels
TVS INSIDE

धादिङको पृथ्वीराजमार्ग र त्रिभुवनराजपथको विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ ।

LAxmi BAnk
nabil BANK inside

त्रिभुवनराजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरुङमार्ग क्षेत्रमा लगातारको पहिरो हटाउनसमेत समस्या भएको छ । लगातारको वर्षाले सडकमाथिबाट अनियन्त्रितरूपमा पहिरो झरिरहेको छ । डोजरर स्काभेटर तयारी अवस्थामा राखिए पनि पहिरो हटाउन समस्या आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

पृथ्वीराजमार्ग क्षेत्रमाथि गाउँमा स्थानीय सरकारले जथाभावी सडक खनेका कारण पहिरो आउने, लेदो बग्ने र काठमाडौँ भित्रिने राजमार्ग अवरुद्ध हुने गरेको छ । 

तीनदिनदेखिको लगातारको वर्षाका कारण पृथ्वीराजमार्गको आदमघाटमा सडक माथिबाट पहिरो र रुखसमेत आएर राजमार्ग अवरुद्ध भएको छ । सुरक्षाकर्मीले सडकमा आएको पहिरो र रुख हटाएर यातायात सञ्चालन गराएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामबहादुर खत्रीले बताए ।


Advertisment
Saurya island

गल्छी गाउँपालिका महेशदोभान बैरेनी क्षेत्रमा सडक माथिबाट लेदो आएर सडकमा यातायात अवरुद्ध भएको छ ।

गल्छी बजारमा सडक माथिबाट आएको पहिराका कारण सवारीसाधनको राजमार्गमा लामो जाम लागेको छ ।

Vianet communication
IME BANK INNEWS

डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको भए पनि लगातारको पहिराले यातायात सञ्चालनमा कठिनाइ आएको छ । 

धादिङबेँसीबाट उत्तरी नाकामा पर्ने रुबिभ्याली र खनियाबास क्षेत्रसँग आउनेजाने बाटो अवरुद्ध भएको छ ।

ठाउँठाउँमा पहिरो गएपछि यातायातका साधन दुई दिनदेखि चल्न छाडेको छ भने मानिससमेत आवतजावत गर्न कठिनाइ भएको खनियाबासका इमान तामाङले जानकारी दिए ।

लगातारको वर्षाले खोला तथा नदीमा बहाव बढेको छ भने पहिरो जाने सम्भावना भएका क्षेत्रमा समेत सतर्क रहन गाउँवासीलाई जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गर्दै जिल्लाका १३ स्थानीय तहलाई विपद् पूर्वतयारीमा रहन र विपद् परेका राहत उद्धारमा लाग्नसमेत आग्रह गरेका छन् ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

विश्वभरका समाजवादीहरूको  साझा संस्था सोसलिष्ट इन्टरनेशनको उपाध्यक्षमा नेपालका खगेन्द्र जिसी निर्वाचित भएका छन् । स्पेनको म्याड्रियमामा यही नाबेम्बर २५ देखि २७ सम्म भएको सम्मेलनले जिसीलाई सर्वसम्मत निर्वाचित गरेक...

मंसिर १३, २०७९

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले करोड पर्ने गाडी नचढेर आफूले दुई वटा डोजर किनेको बताएका छन् । यति गर्दा पनि आफ्नो विरोध भएको सामाजिक सञ्जालमा लेखेका साम्पाङले आफ्नो विरोध गर्नेहरु खराब प्रवृति भएकाहर...

मंसिर १४, २०७९

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उनले मंगलवार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । &ls...

मंसिर १४, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदली र...

मंसिर १३, २०७९

सर्वोच्च अदालतले थारु समुदायका लागि निजामती तथा सरकारी सेवाको विज्ञापनमा ६ दशमलव ६ प्रतिशत आरक्षण नछुट्याउन आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा.कुमार चुडालको संयुक्त इजलासले आइतवार गरेको आदे...

मंसिर १४, २०७९

स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जन...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x