
हिन्दु धर्मवालम्बीले महाभारतलाई अनेक रुपमा बुझ्छन् । कसैले महाभारतको राजनीतिलाई सम्झिन्छन् भने कसैले त्यतिबेलाको समाज तथा विज्ञानलाई महत्व दिन्छन् ।
प्रचिन राज्य हस्तिनापुरको कथा बोकेको ग्रन्थ महाभारतमा कौरव र पाण्डवको युद्धलाई महत्व दिइएको छ । महाभारतकालीन समाजको एक अद्भुत विषय अझै पनि सबैका लागि सहस्यमयी नै छ । त्यो विषय हो, पाँचभाई पाण्डव र द्रौपदीबीचको विवाह तथा उनीहरुको प्रेम ।
पाँच पाण्डव भाईकी एक मात्र पत्नी रहेको तथ्य धेरैलाई थाहा छ । तर पाण्डवहरुले ५ भाईकी एक मात्र पत्नीको विषयमा बनाएको नियमबारे भने धेरैलाई जानकारी नहुन सक्छ ।
पाँच भाई पाण्डवले द्रौपदीसँग विवाह गरेपछि नारदमुनी एक पटक पाण्डवलाई भेट्न आएका थिए । उनले पाण्डवलाई सुण्ड–उपसुण्ड नामक राक्षसका २ भाइको कथा सुनाए । देवतालाई समेत जितेका ती २ भाइले पछि एक स्त्रीका कारण आपसमा मारा–मार गरेर सिद्धिएका थिए ।
नारदले पाण्डबकोबीचमा यस्तो नहोस् भन्नका लागि एउटा नियम बनाउन सुझाव दिए । त्यसपछि पाण्डवहरुबीच एक भाइ द्रौपदीसँग रहेको समयमा अर्को भाइ नजाने र एकान्त समयमा कुनै दखल नदिने नियम बनाए । यो नियम उल्लङ्घन गर्नेलाई १२ वर्षको वनवास सजाय हुने नियम समेत थियो ।
अर्जुनले तोडेका थिए नियमएक पटक एक ब्राम्हण रुँदै आएर अर्जुनलाई गाई चोरी भएको बताए । त्यो बेला सबै हतियारहरु जेठा युधिष्ठिरको दरवारमा थिए । त्यतिनै बेला उनी द्रौपदीसँग एकान्तमा बसिरहेका थिए । अर्जुनले नियम तोडेर हतियार लिएर गाई चोर्ने डाँका भगाए तर नियम तोडेर उनी १२ वर्ष सम्म वनवास बस्नु पर्यो ।