०५ साउन २०८३, मंगलबार

भगवानको जस्तै शाहरुख खानको पूजा, फोटोमा चढाइयो दुध

कात्तिक २०, २०७४
भगवानको जस्तै शाहरुख खानको पूजा, फोटोमा चढाइयो दुध

मुम्बई, २० साउन– बलिउड अभिनेता शाहरुख खान फिल्मका ‘वादशह’ मानिन्छन् । तर उनी आफ्ना फ्यानमाझ पनि कुनै राजाभन्दा कम छैनन् ।

यहाँसम्मकी उनका केही फ्यानले त उनलाई भगवान नै मान्छन् । यस्तै एक अजीव दृश्य शुक्रबार भारतको चेन्नेईमा देखियो । जहाँ एक चलचित्र हल अगाडि उनका फ्यानहरु उनको तस्वीरमा पूजा गरिरहेका थिए । तस्वीरमा फ्यानहरुले फलफूल तथा दुध पनि चढाए ।

शुक्रबार शाहरुख खान अभिनित फिल्म ‘जब हैरी मेट सेजल’ रिलिज भएको छ । सोही अवसरमा फ्यानहरुले उनको पूजा गरेका हुन् ।

धेरै ठाउँमा केक काटेर पनि शाहरुख खानको फिल्म रिलिज भएको खुसीयाली मनाइएको खबर सार्वजनिक भएका छन् । यसअघि शाहरुख अभिनित धेरै फिल्म फ्लप भएका छन् ।

यस्तो ‘पागलपन’ अहिलेसम्म साउथ इन्डियन स्टार रजनीकान्तका लागि मात्रै देखिन्थ्यो । उनका हरेक फिल्म रिलिज हुँदा फ्यानहरुले रजनीकान्तको प्रतिमा नै स्थापना गरेर पूजा गर्ने गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्