०७ असार २०८३, आइतबार

जुम्ला पहिरो अपडेट : ७ जनाको मृत्यु

जुम्ला पहिरो अपडेट : ७ जनाको मृत्यु
सांकेतिक तस्वीर

जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ७ पुगेको छ । 

पहिरोमा पुरिएर  एकै परिवारका ५ जना र थप २ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार, आफ्नो घरमा पहिरोको जोखिम भएपछि ५ जना आफन्तको घरमा बास बस्न गएका थिए । 

तर बास बस्न गएको घर नै पहिरोले पुर्दा उनीहरू सहित थप २ जनाको मृत्यु भएको हो । 

घटनाको थप विवरण आउन बाँकी छ । 

कमेन्ट गर्नुहोस्