०७ असार २०८३, आइतबार

पहिरो पन्छाएपछि त्रिभुवन राजपथ सञ्चालनमा

पहिरो पन्छाएपछि त्रिभुवन राजपथ सञ्चालनमा

त्रिभुवन राजपथअन्तर्गत हेटौँडा काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–२ को बाह्रघुम्तीमा आज बिहान खसेको सुक्खा पहिरोले यातायात अवरुद्ध भएकामा सडक डिभिजनको डोजरले पहिरो पन्छाएपछि आजै साँझदेखि यातायात सञ्चालन भएको छ ।
 
बाह्रघुम्तीमा बिहान पहिरो खसेपछि प्रहरीले काठमाडौँबाट आएको सवारीसाधनलाई सिमभञ्ज्याङमा रोकिएको र हेटौँडाबाट आएको सवारीसाधनलाई भैँसेमा रोकिएका थिए । पहिरो पन्छाएपछि प्रहरीले सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्