०२ असार २०८३, मंगलबार

रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते

रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते

रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आइतवार बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । 

दोरम्बाबाट काठमाडौंका लागि छुटेको बा ३ ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । यात्रु दशैंको टिका लगाएर फर्कदै थिए । बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । 

बसमा करिब ३० यात्रु सवार थिए । घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि काभे्रपलाञ्चोकको धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्