११ साउन २०८३, सोमबार

उम्मेदवारी दर्ता गराएपछि रेखा थापा सेल्फीमा ब्यस्त

उम्मेदवारी दर्ता गराएपछि रेखा थापा सेल्फीमा ब्यस्त

अभिनेत्री रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् । 

उनले आइतवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवारी दर्ता गराइसकेपछि उनीसँग सेल्फी खिच्नेको घुइँचो लागेको थियो । उनीसँग सुरक्षाकर्मी र निर्वाचन कार्यालयमा खटिएका कर्मचारी तथा अन्य राजनीतिक दलका कार्यकर्ताहरूलेसमेत सेल्फी खिचाएका थिए । 

उम्मेदवारी दर्तापछि उनले यसपटक मोरङका मतदाताले राजनीतिक उच्च चेतना प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले भनेकी छन्, ‘यसपटक मोरङले राजनीतिक  उच्च चेतना  प्रदशन गर्नेछ, मोरङबासी राजनीतिक दास होइनन्, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन्, सम्पूर्ण आमा, बुबा, दाजुभाइ, दिदिबहिनीहरूले दिनुभएको साथ र हातलाई म सधैं उच्च सम्मान गर्ने छु । मोरङबासीको जित सुनिश्चित छ ।’


 

salt training

कमेन्ट गर्नुहोस्