
एमाले नेता एवं निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पार्टीले टिकट नदिएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट मानुषी यमी भट्टराईले उम्मेदवारी दिएकी छन् ।
एमालेले उक्त क्षेत्रमा श्याम घिमिरेलाई टिकट दिएको छ ।