काठमाडौँ, २१ साउन - सर्वोच्च अदालतले पेसामा सक्रिय रहेका सयभन्दा बढी कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने तयारी गरेको छ ।

उपाधिबारे न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) मा विभिन्न चरणमा छलफल भएको छ । दुई हजार आठ सय नम्बरसम्मका लाइसेन्सप्राप्त कानुन व्यवसायीलाई वरिष्ठको उपाधि दिने गरी गृहकार्य भइरहेको सर्वोच्च स्रोतले जनाएको खबर गोरखापत्रमा खबर छ ।
कूल ७३ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको झण्डै पाँच वर्षपछि सर्वोच्चले पुनः वरिष्ठको उपाधि दिने तयारी गरेको हो । पेसामा निरन्तर रहेका, अध्ययन, अध्यापनमा संलग्न रहेका कानुन व्यवसायी र कानुनका अध्येतालाई उपाधि दिने प्रचलन छ ।