
अल्लु अर्जुन आफ्नो ब्लकबस्टर 'पुष्पा: द राइज' को सफलतासँग लगातार आफ्नो आकर्षण पनि चारैतिर फैलाउँदै छन्।
उनी भारतबाट न्यूयोर्कमा वार्षिक इन्डियन डे परेडमा ग्रान्ड मार्शलको रूपमा राष्ट्रको प्रतिनिधित्व गर्ने एकमात्र अभिनेता समेत बन्न भ्याए ।
उनलाई 'इन्डियन अफ द इयर' को समेत उपाधि दिइयो ।
यस चलचित्रपछि साँच्चै अल्लु अर्जुनले धेरै सफलताहरू एकपछि अर्को गरी चुमिरहेका छन् ।
'इन्डियन अफ द इयर' बाट सम्मानित हुनुका साथै उनले अन्य पुष्पा: द राइजका लागि सर्वश्रेष्ठ अभिनेता (तेलुगु) पुरस्कार र सर्वश्रेष्ठ अभिनेताको लागि दक्षिणी फिल्मफेयर पुरस्कार समेत पाएका छन् ।