
नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई आज (विहिबार) हिरासतमा राख्न थप अनुमति लिनका लागि काठमाडौं जिल्ला अदालत लगिँदै छ ।
नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई २० गतेदेखि लागू हुने गरि ७ दिनका लागि म्याद थप गरिएको थियो ।
त्यो समय आज सकिएपछि प्रहरी थप समय हिरासतमा राख्नका लागि म्याद थप गर्न अदालत लैजान लागको हो ।
उनलाई १७ वर्षीया भनिएकी किशोरीलाई बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत गौशालामा जाहेरी परेको थियो ।
किशोरीले आफूलाई ५ गते काठमाडौंको एक होटलमा बलात्कार गरेको बताएकी छन् ।
यता निलम्बित कप्तान लामिछानेले आफू निर्दोष भएको र किशोरीको उमेर १८ वर्ष माथि भएको बताउँदै आएका छन् ।