३० जेठ २०८३, शनिबार

सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
फाइल फोटो

नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

पहिलोपटक ७ दिनको म्याद दिएको काठमाडौं जिल्ला अदालतले दोस्रोपटक बिहीवार ५ दिनको म्याद थप गरेको हो ।

सन्दीपमाथि १७ वर्षीया किशोरी बलात्कारको आरोप छ ।

सन्दीपले भदौ ५ गते होटलमा लगेर बलात्कार गरेको आरोप किशोरीले जाहेरीमा लगाएकी छन् ।

सन्दीप असोज २० गते विदेशबाट फर्किएपछि प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको थियो ।

सन्दीपले जाहेरीकर्ता युवती १८ वर्षभन्दा माथिको रहेको दाबी गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्