×

NMB BANK
NIC ASIA

एमाले पार्टीमा नाफाखोरलाई जिम्मेवारी दिइयो : भीम रावल

असोज २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीले विधिविपरीत गरेको टिकट वितरणको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी रहेको बताएका छन् ।

Muktinath Bank

नेता रावलले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा अछाम क्षेत्र नम्बर १ अन्तर्गतका स्थानीय तह र वडाबाट सिफारिस भई आए पनि पार्टी नेतृत्वले आफूलाई टिकट नदिएर कार्यकर्ताको अपमान गरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘मैले स्वाभिमान, सुशासन र न्यायका पक्षमा उठाएको आवाजमा ऐक्यबद्धता जनाउँदै आएकाले मलाई टिकटबाट वञ्चित गरिएको छ, मैले निर्वाचन क्षेत्रमा असोज ७ गते आयोजना गरेको भेला नेतृत्वले रोक्न खोजेको थियो, मलाई निर्वाचनमा हराउन सकिँदैन भन्ने प्रतिवेदन आएपछि टिकट दिइएन, यो षड्यन्त्रपूर्ण स्वेच्छाचारी निर्णय हो ।’


Advertisment
Nabil box
Kumari

पार्टीका नेता, कार्यकर्तालाई प्रताडित गर्नेलाई हेटौंडामा टिकट दिइएको उल्लेख गर्दै नेता रावलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कालाई बिहान पार्टी प्रवेश गराएर दिउँसो टिकट दिइएको सुनाए । पार्टीमा विधि विपरीतका यस्ता कदमका विरुद्ध आफू सधैं उभिँदै आएको उनको भनाइ थियो । 

Vianet communication
Laxmi Bank

उनले भने, ‘पार्टी अध्यक्ष केपी शर्मा ओली संवेदनशील विषयमा छलफल हुँदा पनि संसद्मा जानुभएन, आफूलाई बोल्न मन लागेका बेला मात्र जानुभयो, पार्टी सिद्धान्त र नीति उहाँले अनुशरण गर्नुभएन, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आधाआधा समय प्रधानमन्त्रीको गोप्य सहमति गरेर ओलीले मुख्य गल्ती गर्नुभयो, त्यहाँबाट धेरै समस्या आए ।’ 
 
सवारीसाधनबाट देवनागरी लिपि हटाउने, युनिफिकेसन चर्चका नाममा ओली प्रधानमन्त्री निवासबाट होटलमा डेरा सरेर होलीवाइन खुवाउने, एमसीसी प्रकरण, प्रतिनिधिसभा विघटन असंवैधानिक भएको लगायत विषयको विरोध गरेकाले आफूलाई तारो बनाइएको उल्लेख गर्दै नेता रावलले स्वाभिमान र राष्ट्रियताका पक्षमा विचार राखेकैले टिकटबाट वञ्चित गरिएको बताए ।

ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश भएको नक्शा प्रकाशन नगरेर पनि गल्ती गरेको उनको भनाइ थियो । पार्टीमा नाफाखोरलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै उनले पहिले नेकपा र पछि एमाले विभाजनको मुख्य दोषी पनि नेतृत्वमा भएकाले ओली नै रहेको निष्कर्ष सुनाए ।

नेता रावलले भने, ‘ओलीले आफैं समस्याको भुमरी सिर्जना गरेर दोष अरुलाई थोपर्न टिकट वितरणमा स्वेच्छाचारी निर्णय गर्नुभयो, बहुमतप्राप्त सरकारलाई पार्टी नीतिअनुरूप चलाउने जिम्मेवारी पूरा गर्न नसक्नु ओलीकै दोष हो ।’

युनिफिकेसन चर्चको होलीवाइन प्रकरणपछि देशव्यापी रूपमा संस्कृतिविरुद्ध आक्रमण भएको उल्लेख गर्दै उनले धर्मान्तरणका काम भएकाप्रति जिम्मेवार निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए । आफूले ५ दशक पसिना बगाएको एमाले पार्टी नछोड्ने उल्लेख गर्दै नेता रावलले स्वेच्छाचारी निर्णयको भने समयको गति र पार्टीको मतिअनुसार विरोधमा उत्रिने विचार राखे । पार्टीमा राजनीतिक र वैचारिक संघर्ष जारी राख्ने घोषणा समेत उनले गरे ।
 
५ दशक पार्टीमा योगदान गरेका घनश्याम भुसालको क्षेत्रमा पार्टी नेता, कार्यकर्तालाई प्रताडित गर्ने कित्ताका दीपक बोहरालाई टिकट दिएपछि भुसालले स्वतन्त्र उठ्न गरेको निर्णय सही रहेको विश्लेषण पनि उनले पत्रकार सम्मेलनमा सुनाए । यस्ता कदमका विरुद्ध सबैले विद्रोह गर्ने नेता रावलको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x