०९ साउन २०८३, शनिबार

मधेश सरकारमा रहेका कांग्रेसका मन्त्री पदमुक्त

मधेश सरकारमा रहेका कांग्रेसका मन्त्री पदमुक्त

मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका तीनजना मन्त्री बर्खास्तगीमा परेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले तीनजना मन्त्रीलाई पदमुक्त गरेका हुन्।

संघीय सरकारमा रहेका जसपाका मन्त्रीहरूलाई पदमुक्त गरिएपछि जसपा नेतृत्वको प्रदेश सरकारले कांग्रेसका मन्त्रीहरूलाई हटाएको हो ।

पदमुक्त हुनेमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह छन् ।

ती मन्त्रालय मुख्यमन्त्री राउत आफैंले राखेका छन् ।

सरकारमा रहेका माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरूलाई भने बर्खास्त गरिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्