०९ असार २०८३, मंगलबार

नम्बर प्लेट स्पष्ट नराख्नेलाई धमाधम कारबाही गर्दै ट्राफिक प्रहरी

नम्बर प्लेट स्पष्ट नराख्नेलाई धमाधम कारबाही गर्दै ट्राफिक प्रहरी
सन्दर्भ तस्बिर

ट्राफिक प्रहरीले नम्बर प्लेट स्पष्ट नभएका ६ सय १० वटा र  नम्बर प्लेट आकाशतिर फर्काउने ४१ वटा दुईपाङ्ग्रे सवारी साधनका चालकलाई कारवाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङको क्रममा  स्पष्ट रुपमा नम्बरहरु नदेखिने, मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाश तर्फ फर्काएर राख्ने दुईपाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । त्यस्तै ठुलो आवाज निकाल्ने ७ वटा मोटरसाइकलका चालक पनि कारबाहीमा परेका छन् । 

स्पष्ट रुपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडि र पछाडि राख्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले अनुरोध गरे । 
  तोकिए बमोजिमको नम्बर प्लेट दुरुस्त नभएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही हुने उनको भनाइ छ । 


 

salt training

कमेन्ट गर्नुहोस्