
मान्छेले आर्थिक रूपमा मजबुत हुन थुप्रै प्रयास गर्छ, तैपनि कतिपयले निरन्तर गरीबीको सामना गरिराख्नुपरेको हुन्छ । किन ?
अमेरिकाको क्यालिफोर्नियाका २४ वर्षीय युवा जोस किङ म्याड्रिडले मान्छे २ कारणले गरीब रहिरहने बताएका छन् । उनले भनेका छन् – एक अल्छी र अर्काे अरुलाई दोष दिने बानीका कारण मान्छे गरीब नै रहिरहन्छ । उनी २० वर्षको उमेरमै करोडपति बनेका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द सनसँग कुराकानी गर्दै जोसले धनी हुनका लागि अल्छी त्याग्नुपर्ने बताए । उनले आफूसँग हुने जुनसुकै घटना र अवस्थाको शतप्रतिशत जिम्मेवारी आफूलाई नै मान्नुपर्ने र आफू नै सच्चिनुपर्ने बताएका छन् ।
आफू सच्चिँदै अगाडि बढेमा सफलता हात लाग्ने उनले बताएका छन् ।