१५ असार २०८३, सोमबार

प्रचण्डले गरे भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकन

प्रचण्डले गरे भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पुनर्निर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् ।

सत्ता गठबन्धनबाट गोरखाको २ नम्बर क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका उनले शनिवार बिहान दरबार अवलोकन गरेका हुन् ।

गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । पर्यटन क्षेत्रको विकासमार्फत जिल्लाकोे आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उनले गोरखा ऐतिहासिक धार्मिक तथा सांस्कृति हिसाबले महत्त्वपूर्ण जिल्ला भएको बताए ।

उनले गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेको समेत बताए । दरबार अवलोकनका क्रममा गोरखा दरबार संग्रहालयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको ऐतिहासिक महत्त्व लगायत विषयमा जानकारी गराएका थिए ।

दरबार अवलोकनका लागि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, सचिव हितराज पाण्डे लगायतका नेता गोरखा दरबार पुगेका थिए । जिल्लामा निर्वाचनको तयारीका लागि अध्यक्ष प्रचण्ड शुक्रवारदेखि गोरखामा रहेका छन् । उनले जिल्लामा सत्ता गठबन्धनका दलका नेता, उद्योगी–व्यवसायी लगायतसँगको छलफललाई तीव्र पारेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्