०२ साउन २०८३, शनिबार

आचारसंहिता उल्लंघन गरेको भन्दै प्रचण्ड र सिके राउतसहित ६ जनालाई आयोगले सोध्यो स्पष्टीकरण

आचारसंहिता उल्लंघन गरेको भन्दै प्रचण्ड र सिके राउतसहित ६ जनालाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । 

आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत), पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोपाल वस्ती, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बद्री मैनालीलाई आयोगले स्पष्टीकरण सोधेको आयोगका  सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । 

यसैगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न स्पष्टीकरण सोधेको छ । सहायक प्रवक्ता भट्टराईका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता भट्टराईले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्