१२ साउन २०८३, मंगलबार

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन शुरू, सीले दिए ताइवानी पृथक्तावादीलाई कडा चेतावनी

असोज ३०, २०७९
चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन शुरू, सीले दिए ताइवानी पृथक्तावादीलाई कडा चेतावनी
Xinhua

चीनको सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेश आइतवारबाट राजधानी बेइजिङमा शुरू भएको छ । 

महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनपिङले ताइवानका विषयमा टिप्पणी गरेका छन् । 

सीले आफूहरू शान्तिपूर्ण पुनरेकीकरणका लागि इमान्दारीका साथ लागिरहने बताए । त्यसका लागि अधिकतम प्रयास पनि गरिरहने उनको भनाइ छ । 

तर ताइवान पुनरेकीकरणका लागि बल प्रयोग गर्ने विकल्पलाई त्याग्ने प्रतिज्ञा आफूहरूले कदापि नगर्ने उनको धारणा छ । पुनरेकीकरणका लागि आवश्यक सबै उपाय अपनाउने पनि उनले बताए ।

राष्ट्रिय सुरक्षा चीनको पुनरुत्थानको मजबुत आधारशिला भएको बताए । बलियो र समृद्ध चीन बनाउनका लागि सामाजिक स्थिरता पूर्वशर्त भएको उनको भनाइ छ । 

चीनले कहिले पनि प्रभुत्व स्थापित गर्न नखोज्ने वा विस्तारवादमा संलग्न नहुने सीले बताए । सबै किसिमका प्रभुत्ववाद तथा शक्तिमा आधारित राजनीतिका विरुद्ध चीन दह्रो गरी उभिएको उनको दाबी छ । उनले चीन शीतयुद्ध मानसिकता, अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप तथा दोहोरो मापदण्डका विरुद्ध उभिएको पनि बताए । 

राष्ट्रपति बनेपछि भ्रष्टाचारका विरुद्ध व्यापक अभियान चलाएका सीले आइतवारको सम्बोधनमा भ्रष्टाचार मौलाउने भूमि र अवस्थाहरू कायम रहुन्जेल आफूहरूले सचेत गराइरहनुपर्ने सीको भनाइ छ । भ्रष्टाचारविरुद्धको लडाइँमा आफूहरूले एक मिनेट पनि फुर्सद नलिने उनले बताए । 

विदेशी शक्ति तथा केही पृथक्तावादीहरूले ताइवानलाई स्वतन्त्र मुलुक बनाउन खोजेको भन्दै सीले तिनीहरूलाई आफूले तारो बनाउने बताए । तर समान चिनियाँ संस्कृति अपनाउने ताइवानका सर्वसाधारणलाई आफूहरूले कहिले पनि निशाना नबनाउने उनको भनाइ छ । 

चीन सरकारले आयको पुनर्वितरण प्रणालीलाई सुधार गर्ने अनि कामको प्रकृतिअनुसार विभिन्न किसिमका वितरणका उपाय अपनाइरहने पनि सीले बताए । आयको पुनर्वितरण तथा सम्पत्ति जोड्ने तरिकालाई नियममा राम्रोसँग बाँध्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्