२८ जेठ २०८३, बिहीबार

खर्सनमा ठूलो आक्रमण गर्न खोजेको युक्रेनी सेनालाई भारी क्षति

असोज ३०, २०७९
खर्सनमा ठूलो आक्रमण गर्न खोजेको युक्रेनी सेनालाई भारी क्षति

युक्रेनी सेनाले देशको दक्षिणी भागमा रहेको खर्सन क्षेत्रमा विशाल स्तरको सैन्य कारवाही चलाउन प्रयास गरेकोमा ठूलो क्षति बेहोर्नुपरेको छ । 

उक्त क्षेत्रका सबै युद्धमोर्चाहरूमध्ये युक्रेनी आक्रमणको मुख्य केन्द्र नीपर नदीको दक्षिणी किनारा थियो । 

रुसी प्रतिरक्षाका लागि भत्काउँदै युक्रेनी सैनिकहरूको ठूलो समूह नोभाया काखोव्का र बेरिस्लाभ शहरहरूमा पुग्न खोजेको भए पनि त्यसमा असफल रह्यो । 

युक्रेनी सैनिकहरूले शनिवार बिहानबाट आक्रमण थालेका थिए । शुरूमा युक्रेनको आर्टिलरी र एमएलआरएसले रुसी सैनिकहरूमाथि भयंकर गोलाबारी गरेको थियो । 

आर्टिलरीको सुरक्षामा रहँदै युक्रेनी सेनाको सानो आक्रमण टुकडीले सशस्त्र वाहनहरूमा चढी डुडचानी–मिलोभो सडकलाई रुसी सेनाको पहुँचबाट वञ्चित गर्न खोजेको थियो । 

उनीहरूको पछिपछि दर्जनौं युक्रेनी ट्यांक र पैदल सेनाका वाहनहरू पनि युक्रेनी सेनाको नियन्त्रण क्षेत्रको विस्तारका लागि गएका थिए । 

पैदलसेनाका दुईवटा बटालियनले करीब ३० वटा ट्यांक र ५० वटा लडाकू वाहनको सहयोगमा आक्रमण गरेका हुन् । 

युक्रेनी सेनाको यस चाललाई रुसीहरूले निगरानी ड्रोनबाट पत्ता लगाए अनि भयंकर आर्टिलरी प्रहारका साथ जवाफ फर्काए । रुसी लडाकू विमानहरूले खुला मैदानमा अघि बढिरहेका शत्रु सैनिकहरूमाथि गोलाबारुद बर्सायो । 

युक्रेनी सेनाको आक्रामक कारवाहीविरुद्ध रुसले कठोर जवाफ फर्काएपछि युक्रेनले भारी क्षति बेहोर्नुपरेको छ । युक्रेनले जगेडा सैनिकहरूलाई युद्धभूमिमा ल्याउन कोशिश गरेको भए पनि रुसी सेनाले त्यसो हुन दिएन । 

प्रारम्भिक आकलनअनुसार, युक्रेनले १०० भन्दा बढी सैनिक गुमायो । कम्तीमा १५ वटा युक्रेनी ट्यांक र २० वटा लडाकू वाहन पनि ध्वस्त भएका छन् । 

रुसी सेनाले खर्सन र जापोरिजा क्षेत्रमा युक्रेनी आक्रमणलाई असफल बनाएको छ । युक्रेनी सेनाले लुगान्स्कमा आक्रमण गर्न सकेको छैन भने डोनेत्स्कमा पनि ऊ पछि हटिरहेको छ । 

रुसले युक्रेनी मोर्चाको नयाँ शीर्ष कमान्डर ल्याएपछि अनि हालै परिचालन गरिएका सैनिकहरूलाई युद्धभूमिमा तैनाथ गरेपछि सफलता पाइरहेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्