३१ जेठ २०८३, आइतबार

एउटा अचम्मको डान्स फ्लोर : जहाँ सयौं लिटर पानी नाच्नेहरूको ऊर्जाले तताउँछ !

असोज ३१, २०७९
एउटा अचम्मको डान्स फ्लोर : जहाँ सयौं लिटर पानी नाच्नेहरूको ऊर्जाले तताउँछ !

संसारमा हरेक दिन विभिन्न प्रकारका आविष्कारहरू भइरहेका छन् । यीमध्ये केही आविष्कारहरूले जीवनलाई सजिलो बनाउँदछ । तर, केही त्यस्ता आविष्कारहरू छन्, जुन साँच्चै अनौठो प्रकारका छन्, जुन हामीले सोच्न पनि सक्दैनाँै । यस्तै एउटा आविष्कार स्कटल्याण्डको ग्लासगोमा रहेको कला स्थल हो । यहाँ दिगो ऊर्जाको यस्तो उत्कृष्ट उदाहरण प्रस्तुत गरिएको छ कि ‘डान्सफ्लोर’मा नाच्ने मानिसहरूले सास फेर्दा बाहिर फालेको कार्बनडाइअक्साइडलाई पनि ऊर्जाको  रूपमा प्रयोग गरिन्छ ।

ग्लासगोको ‘एलडब्लूजी थ्री’मा एक डान्स फ्लोर छ, जहाँ नर्तकहरूको शरीरको तापक्रम बढ्यो भने, त्यो खेर जाँदैन । सयौं लिटर पानी शरीरको तापले तातो हुन्छ र डान्स फ्लोर चिसो हुन्छ । मानिसहरू प्रायः नाच्दै गर्दा यति धेरै उत्साहित हुन्छन् कि उनीहरुको शरीरबाट यति धेरै ऊर्जा निस्कन्छ कि यदि यसलाई एकाइमा परिणत गरियो भने, यो ५००–६०० वाट थर्मल ऊर्जा बन्न सक्छ । यस नयाँ आविष्कारमा शरीरको उही ताप प्रयोग गरिएको छ ।

शरीरको तापबाट उत्पन्न हुने थर्मल उर्जा
उक्त डान्स फ्लोर एउटा प्रयोग हो जुन भर्खरै शुरु गरिएको छ, जसले डान्स फ्लोरलाई चिसो र न्यानो दुवै राख्न अनुमति दिन्छ । यसलाई एसडब्लुजी थ्री र जियोथर्मल इनर्जी स्टार्टअप टाउनरक इनर्जीद्वारा संयुक्त रूपमा विकसित गरिएको हो । जब नृत्य मध्यम गतिमा गरिन्छ, तब २५० वाट ऊर्जा उत्पन्न हुन्छ । 

टाउनरक इनर्जीका संस्थापक डेभिड टाउनसेन्डका अनुसार यदि मानिसहरू डान्स फ्लोरमा तीव्र फालेर नाच्छन् भने यो ऊर्जा ५०० देखि ६०० वाट पुग्छ । यसलाई जम्मा गरेर ऊर्जामा परिणत गरिन्छ । यसलाई १२ बोरहोल ५०० फिट गहिरोमा पम्प गरिन्छ जुन भूमिगत चट्टान घनमा जान्छ । यसले त्यस स्थानको पानी तताउन र तातो आपूर्ति गर्न ब्याट्रीजस्तै ऊर्जा प्रयोग गर्दछ । यस्तो अवस्थामा डान्सफ्लोरको सबै गर्मी सोसिएपछि वातावरण चिसो रहन्छ ।

लगानीका हिसावले के यो फाइदाजनक छ ?
उक्त डान्सफ्लोरका प्रबन्ध निर्देशक एन्ड्र्यु फ्लेमिङ ब्राउनका अनुसार ‘बडीहिट’ प्रणाली जडानमा ५ करोड ५२ लाख लगानी भएको छ । उक्त लगानीको कुरा गर्ने हो भने यो परम्परागत कुलिङ सिस्टमभन्दा धेरै हो तर यसले बिजुलीको बिलमा पनि बचत हुने भएकाले यो निकै राम्रो हो । यसले जाडोमा स्थान न्यानो र गर्मीमा चिसो राख्छ र यसरी ५ वर्षभित्र विद्युत् बिलमा भएको बचतले लगानी फिर्ता गर्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्