×

NMB BANK
NIC ASIA

साह्रै अवगाल आयो, मतपेटिका ढुवानीमा सुरक्षाको गाडी प्रयोग नगरौँ : आईजीपी अर्याल

असोज ३१, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्दा उपयुक्त हुने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे सोमवार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । 

Muktinath Bank

मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारी साधनमा मतपत्र ल्याएकोले आफूहरूले हार्नु परेको आरोप लाग्ने गरेकाले सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्न उनले सुझाव दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निर्वाचनमा अन्त्यन्तै संवेदनशील भएर सुरक्षाकर्मीहरु परिचालन गर्नुपर्ने पनि स्पष्ट पारे । निर्वाचनमा एउटा मात्रै युनिटले गल्ती गर्दा पनि त्यसको ‘होल सिष्टम’मा असर पर्ने भएकाले सुरक्षाकर्मीको परिचालन गर्दा विशेष ध्यान दिन उनको आग्रह थियो ।


Advertisment
Nabil box
Kumari

‘निर्वाचनमा सुरक्षा निकायले सबै स्थानमा राम्रो भयो । कुनै एक स्थानमा नराम्रो भयो भने विभिन्न आरोप सबै सुरक्षा निकायले खेप्नु पर्ने हुन्छ । त्यो भएकाले सबैले संवेदनशील भएर सबै सुरक्षा निकायलाई त्यही अनुसार परिचालन गर्नु होला । चुनाव सकिएपछि मतपत्र ढुवानीको बेलामा सुरक्षा निकायको सवारी प्रयोग नगर्ने भन्ने छ । त्यो दिन ल्याउनु पर्ने भन्ने पनि हुन सक्छ’, अर्यालले भने, ‘त्यो सुरक्षा निकायको सवारीमा ल्याउँदा चुनावमा हारजित कसको हुन्छ । त्यो बेला सुरक्षा निकायको सवारीमा ल्याएकाले यस्तो भयो भन्ने हुन सक्छ । त्यो भएकाले सकेसम्म सुरक्षा निकायको सवारी चुनाव सकिएपछि मतपत्र बोक्न प्रयोग नगर्दा राम्रो हुन्छ । ’

Vianet communication

बैठकमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले अस्थायी मतदान केन्द्रमा परिचालित हुने सुरक्षाकर्मीबारे आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए । उनले निर्वाचनको मौन अवधिमा शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन स्थानीय राजनीतिक दलहरूसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उल्लेख गरे । 

‘नयाँ विषय वस्तु आउँदा केही समस्या आउँछ । सुरक्षा निकायहरूको ब्यारेकमा हुने र जेलहरूमा हुने निर्वाचनमा समयमा नै अनुगमन गर्नेजस्ता विषयमा विचार पु¥याउन सकेनौँ भने पछि प्रहरीलाई अवगाल आउने वा प्रश्न उठ्न सक्छ । १४ गते मात्रै अस्थायी मतदान केन्द्र निर्धारण हुन्छ । एउटा जिल्लामा कम्तिमा ५ वटा अस्थायी केन्द्र हुने भन्ने छ । जिल्लाका ५ वटा अस्थायी मतदान केन्द्रमा ८ जनाका दरले प्रहरी परिचालन गर्न भनेका छौँ’, महानिरीक्षक अर्यालले भने, ‘सकेसम्म नजिकै मतदान केन्द्र भएको स्थानमा केन्द्र बनाउँदा कर्मचारीको समस्या आउँछ । त्यो विषयमा सोच्नु पर्ने जस्तो लाग्छ । निर्वाचनको मौन अवधिको अघिल्लो दिन घोषितरूपमा कार्यक्रम नभए पनि जिल्लाका कुना-कुनामा मान्छेहरु जम्मा हुने अघोषित रुपमा र्‍याली सवारी साधनहरु अत्याधिक रुपमा प्रयोग भएर निर्वाचन आचारसंहिताको पालना नहुने हुन्छ । पहिला कार्यक्रम घोषणा नभएको तर त्यो काम हुने हुँदा त्यहाँ झडप हुने गरेका छन् । त्यो विषयमा स्थानीय दलहररूसँग समन्वय गर्नु पर्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x