१७ असार २०८३, बुधबार

साह्रै अवगाल आयो, मतपेटिका ढुवानीमा सुरक्षाको गाडी प्रयोग नगरौँ : आईजीपी अर्याल

साह्रै अवगाल आयो, मतपेटिका ढुवानीमा सुरक्षाको गाडी प्रयोग नगरौँ : आईजीपी अर्याल
फाइल तस्वीर

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्दा उपयुक्त हुने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे सोमवार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । 

मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारी साधनमा मतपत्र ल्याएकोले आफूहरूले हार्नु परेको आरोप लाग्ने गरेकाले सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्न उनले सुझाव दिए । 

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निर्वाचनमा अन्त्यन्तै संवेदनशील भएर सुरक्षाकर्मीहरु परिचालन गर्नुपर्ने पनि स्पष्ट पारे । निर्वाचनमा एउटा मात्रै युनिटले गल्ती गर्दा पनि त्यसको ‘होल सिष्टम’मा असर पर्ने भएकाले सुरक्षाकर्मीको परिचालन गर्दा विशेष ध्यान दिन उनको आग्रह थियो ।

‘निर्वाचनमा सुरक्षा निकायले सबै स्थानमा राम्रो भयो । कुनै एक स्थानमा नराम्रो भयो भने विभिन्न आरोप सबै सुरक्षा निकायले खेप्नु पर्ने हुन्छ । त्यो भएकाले सबैले संवेदनशील भएर सबै सुरक्षा निकायलाई त्यही अनुसार परिचालन गर्नु होला । चुनाव सकिएपछि मतपत्र ढुवानीको बेलामा सुरक्षा निकायको सवारी प्रयोग नगर्ने भन्ने छ । त्यो दिन ल्याउनु पर्ने भन्ने पनि हुन सक्छ’, अर्यालले भने, ‘त्यो सुरक्षा निकायको सवारीमा ल्याउँदा चुनावमा हारजित कसको हुन्छ । त्यो बेला सुरक्षा निकायको सवारीमा ल्याएकाले यस्तो भयो भन्ने हुन सक्छ । त्यो भएकाले सकेसम्म सुरक्षा निकायको सवारी चुनाव सकिएपछि मतपत्र बोक्न प्रयोग नगर्दा राम्रो हुन्छ । ’

बैठकमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले अस्थायी मतदान केन्द्रमा परिचालित हुने सुरक्षाकर्मीबारे आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए । उनले निर्वाचनको मौन अवधिमा शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन स्थानीय राजनीतिक दलहरूसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उल्लेख गरे । 

‘नयाँ विषय वस्तु आउँदा केही समस्या आउँछ । सुरक्षा निकायहरूको ब्यारेकमा हुने र जेलहरूमा हुने निर्वाचनमा समयमा नै अनुगमन गर्नेजस्ता विषयमा विचार पु¥याउन सकेनौँ भने पछि प्रहरीलाई अवगाल आउने वा प्रश्न उठ्न सक्छ । १४ गते मात्रै अस्थायी मतदान केन्द्र निर्धारण हुन्छ । एउटा जिल्लामा कम्तिमा ५ वटा अस्थायी केन्द्र हुने भन्ने छ । जिल्लाका ५ वटा अस्थायी मतदान केन्द्रमा ८ जनाका दरले प्रहरी परिचालन गर्न भनेका छौँ’, महानिरीक्षक अर्यालले भने, ‘सकेसम्म नजिकै मतदान केन्द्र भएको स्थानमा केन्द्र बनाउँदा कर्मचारीको समस्या आउँछ । त्यो विषयमा सोच्नु पर्ने जस्तो लाग्छ । निर्वाचनको मौन अवधिको अघिल्लो दिन घोषितरूपमा कार्यक्रम नभए पनि जिल्लाका कुना-कुनामा मान्छेहरु जम्मा हुने अघोषित रुपमा र्‍याली सवारी साधनहरु अत्याधिक रुपमा प्रयोग भएर निर्वाचन आचारसंहिताको पालना नहुने हुन्छ । पहिला कार्यक्रम घोषणा नभएको तर त्यो काम हुने हुँदा त्यहाँ झडप हुने गरेका छन् । त्यो विषयमा स्थानीय दलहररूसँग समन्वय गर्नु पर्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्