०३ साउन २०८३, आइतबार

युक्रेनले मार्न खोजेको व्यक्तिको सूचीमा कजाकस्तानका राष्ट्रपतिको पनि नाम समावेश

कात्तिक ३, २०७९
युक्रेनले मार्न खोजेको व्यक्तिको सूचीमा कजाकस्तानका राष्ट्रपतिको पनि नाम समावेश

युक्रेनको विवादास्पद वेबसाइट मित्रोभोरेत्सले बुधवार कजाकस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकाएभको नाम आफ्नो कालोसूचीमा चढाएको छ । 

किएभका शत्रुहरूको सूची उक्त वेबसाइटमा राख्ने गरिन्छ र नाम भएकाहरूको भौतिक सफाया गरिएको विषयमा अप्डेट दिन्छ । 

युक्रेनविरुद्ध रुसको आक्रमणलाई सार्वजनिक रूपमा स्वीकार गर्न नमानेको अनि सन् २०१४ मा युक्रेनमाथि रुसको आक्रमणलाई पनि अस्वीकार गरेको भन्दै उनलाई कालोसूचीमा राखिएको हो । 

सन् २०१९ मा तोकाएभले जर्मन सञ्चारमाध्यम डोयचवललाई दिएको अन्तर्वार्तालाई उनको अपराधको प्रमाणका रूपमा प्रस्तुत गरिएको छ । त्यस अन्तर्वार्तामा उनले क्राइमिया रुसमा जोडिनुलाई जबर्जस्ती मिसाइएको भन्न नमिल्ने बताएका थिए । 

मिरोभोरेत्स भनेको युक्रेनी भाषामा शान्तिनिर्माता हो । सन् २०१४ मा शुरू गरिएको यो वेबसाइट युक्रेनको सुरक्षा सेवासँग जोडिएको मानिन्छ । युक्रेनको राष्ट्रिय सुरक्षामाथिको जोखिम औंल्याउने यसको उद्देश्य रहेको बताइन्छ । अज्ञात मोडरेटरहरूले चलाएको स्वतन्त्र डेटाबेसका रूपमा यसलाई लिइएको छ । 

युक्रेनका लागि जोखिम भनिएका व्यक्तिको नाम, जन्ममिति, स्थायी ठेगाना, तस्वीर र सामाजिक सञ्जालका पेजहरू वेबसाइटमा राखिएको छ । आफूले कानून कार्यान्वयन निकाय तथा विशेष सुरक्षासेवा प्रदायकहरूलाई रुसससमर्थक आतंकवादी, पृथक्तावादी तथा युद्धअपराधी समात्नका लागि सहयोग गरिरहेको वेबसाइटको दाबी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्